इन्द्रेणी संवाददाता
घोराही, ४ असोज । दाङको फूलवारी ८ स्थित गौरीशंकर सामुदायिक वन उपभोक्ता समुहको १९ औ साधारणसभा आज सम्पन्न भएको छ ।
समूहका अध्यक्ष लोकेश्वरी अधिकारीको सभापतित्वमा भएको साधारणसभामा समूहका सचिव द्रोणबहादुर खत्रीले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष अमृता खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जिल्ला वन कार्यालयका प्रतिनिधि मदन चौधरी, छिमेकी वन समूहका अध्यक्षहरु कल्पना चौधरी, लाहनु चौधरी, रीता महतरा लगायतकाले शुभकामना व्यक्त गरेका थिए ।