Indrenionline.com

त्रिपुर खसिकपमा नगर युवा सञ्जाल विजयी

नारायणपुर, ३ असोज । न्यू स्टार फुटवल क्लब नारायणपुरको आयोजनामा नारायणपुरमा सम्पन्न त्रिपुर नगरपालिका स्तरिय खसीकप फुटबल प्रतियोगीतामा नगर युवासञ्जालले विजयी भएको छ । हिजो आईतवार सम्पन्न फाईनल खेलमा आयोजक न्यू स्टार फुटबल क्लबलाई  १ का विरूद्ध २ गोलले पराजित गर्दै विजयी भएको हो ।

जसमा युवा सञ्जालको तर्फबाट  मनिस पाण्डे र अनिल घर्ती गोल गर्नुभएको थियो भने क्लबको तर्फबाट केशव वलीले गोल गर्नुभएको थियो । विजयी भएसँगै युवा सञ्जालले खसीका साथै शिल्ड र मेडल पुरस्कार जितेको छ भने द्धितिय हुने आयोजक टिमले नगद ५ हजार प्राप्त गरेको छ ।

प्रतियोगिताका विजयीहरूलाई एक कार्यक्रमको आयोजना गरि पुरस्कार प्रदान गरिएको थियो । क्लबका अध्यक्ष खुमबहादुर वलीको अध्यक्षता तथा जिल्ला फुटबल क्लबका अध्यक्ष पुकार थापाको प्रमुख आतिथ्य र सगरमाथा सिमेन्टका दाङ डिलर प्रमुख डा. अर्जुन बुढाथोकीको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा प्रतियोगीता सफल बनाउनकालागी सहयोग गर्ने सहयोगीहरूलाई कदर पत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको सहजिकरण बालिका लम्सालले गर्नुभएको थियो । प्रतियोगीतामा नगरपालिका भित्रका ८ समुहको सहभागीता रहेको थियो ।