Indrenionline.com

आजको दिन कालो दिन भन्दै गठबन्धनको प्रदर्शन

काठामाडौं, ३ असोज । मुलुकभर संविधान दिवस मनाइरहदा आजको दिनलाई कालो दिन भन्दै मधेसी मोर्चासहित संघीय गठबन्धनले राजधानीलगायतका देशका बिभिन्न ठाउँमा प्रदर्शण गरेको छ ।

संविधान जारी भएको दिनलाई ुकालो दिनु भन्दै गठबन्धनले राजधानीमा शान्ति बाटिकामा जम्मा भएका गठबन्धन कार्यकर्ताहरुले कालो झण्डा प्रदर्शन गरेका थिए ।

प्रदशर्नकारीहरु शान्तिबाटिकाबाट जयनेपाल हुँदै घुमेर फेरी शान्तिबाटिकामा नै आएका थिए ।
मार्चाले खोटाङ, रौतहट, सप्तरीलगायतका जिल्लामा पनि गठबन्धनका कार्यकर्ताहरुले कालो झण्डा प्रदर्शन गरेका छन् ।