काठमाडौं, ३ असोज । सरकारले आफूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै आजदेखि अनशन बस्ने घोषणा गरेका डा. गोविन्द केसीले अनशनलाई एक हप्ता पछि सारेका छन् ।
सरकारले ४ मध्ये तीन बुँदा कार्यान्वयन गर्ने लिखित खाका प्रस्तुत ग
‘कार्यान्वयनका लागि थप केही समय दिन उचित हुने ठहर्याएकाले आज सुरु हुने भनिएको आमशरण अनशन कार्यक्रम एक हप्तापछिलाई सारेको जानकारी गराउँछु’, केसीद्वारा जारी विज्ञप्तीमा भनिएको छ । डा. केसीले अनशन एक हप्तापछि सारेको जानकारी दिन पत्रकार सम्मेलन समेत गरेका थिए ।