Indrenionline.com

जहाँ स्वास्थ्यकर्मी आफै रगत दिएर सुत्केरीको ज्यान बचाउछन

गोपाल रेग्मी
रुकुम, ३ असोज । स्वास्थ्य कर्मी, सुरक्षा कर्मी र स्थानियले रगत दान गरेरपछि जाजरकोटकी  एक प्रसुति महिलाको ज्यान वच्न सफल भएको छ । अत्याधिक रक्तश्रावको कारण अन्तिम अवस्थामा चौरजहारी अस्पताल रुकुममा भर्ना भएकी जाजरकोट भेरीमालिका नगरपालिका ४ कि २२ वर्षिय यशुदा रसाईलीको ज्यान वच्न सफल भएको हो ।


पहिलो सन्तानको जन्म दिन चौरजहारी अस्पताल पुगेकी रसाईलीले शिशुको जन्मदिएसंगै रक्तश्राव सुरुभएको थियो । सामान्यतया शिशुको जन्म पछि आमाको पाठेघर खुम्चिनु पर्नेमा  त्यसो नभएर रसाईलीको पाठेर नखुम्चिएका कारण रक्तश्राव भएको डाक्टर कालेव वुढाले जानकारी दिए ।

पाठेघरको भित्रवाट नै रक्तश्राव नरोकिए पछि पाठेघर फालेको अस्पताल वताएको छ । उच्च रक्तश्रावले गर्दा शरिमा ४ पिन्ट होमोग्लोविनको मात्रा रहेको रसाईलीलाई स्वास्थ्य कर्मी, सुरक्षा कर्मी र स्थानियले बी पोजेटिभ समुहको रगत दान गरेका हुन  ।

अस्पतालमा कार्यरत ल्याप असिसटेण्ट सन्तोष विष्ट रेडियो ग्राफी जय वहादुर वुढा स्थानिय भीम वहादुर सुनार विजय विष्ट र नेपाली सेना ज्वालामुखी गण चौरजहारीका जवानले रगतदान गरेका थिए । प्रसुति यशोदा रसाईली लाई ८ पोइण्ट  रगत दान गरीएको थियो ।

रगतदान पछि अहिले उहाँ र शिशुको अवस्था खत्रामुक्त रहेको अस्पतालले जानकारी दिएको छ । सामान्यतया मानिसको शरिरमा ११ देखि १६ प्रतिसत होमोग्लोविनको मात्रा हुनुपर्नेमा प्रसुति रसाईलीको शरिरमा भने ४ प्रतिशत पुगेको थियो ।