पोखरा, ३ असोज । नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण्बाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालो टीका लगाएर आएको आरोप लगाएका छन् ।

‘दाहालले गरेका सम्झौताको भारी बोक्न नेपाल तयार छैन’, ओलीले भने, ‘त्यो नेपालले मान्दैन ।’ माओवादीले हतियार बोकेर युद्ध गरेको तर्फ लक्षित गर्दै ओलीले भने, ‘उहाँले हत्या हिंसा पनि बोक्नुभयो, आतंक बोक्नुभयो, विदेशी हतियार पनि बोक्नुभयो, विदेशमा गएर के के बोकेर आउनुभएको छ तर हामीलाई त्यो स्वीकार्य छैन ।’
एमालेले अस्वीकार गरेको कुरा पूरै नेपालले अस्वीकार गर्ने बताएर प्रचण्ड फर्किएको आरोप ओलीको छ । उनले प्रचण्ड दिल्लीमा निहुरिदा निहुँरिदै उनको घुँडाबाट रगत आएको भन्दै व्याङ्ग्य गरे ।