लमजुङ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कारागार चलान भएकी नवलपरासी कावासोतीकी एक महिला २० हजार धरौटी रकम तिर्न नसक्दा छ वर्षीय छोरा सहित जेलमा बस्न बाध्य भएकी छन् ।
जेलमा रहेका ६ बर्षीय बालक सुजन ।
कावासोती घरभइ लमजुङको बिचौर माइत बताउने ३५ बर्षीय सुकमाया मिजारसँगै उनका ६ बर्षीय छोरा सुजन मिजार जेलमै बस्न बाध्य बनेका हुन् । लमजुङ जिल्ला अदालतले २०७३ भदौ ८ गते उनीमाथि लागेको मानब बेचबिखन तथा ओसारपसार मुद्दामा २० हजार रुपैयाँ धरौटी तिर्न आदेश दिएको थियो । धरौटी रकम जुटाउन नसकेपछि उनी छोरासहित जेल परेकी छन् ।
आमा जेलमा परेपछि जेलमा बस्दै आएका उनका छोरा सुजनको पठनपाठन प्रभावित भएको छ । बालबालिकालाई जेलमा राख्न नपाउने प्राबधान भएपनि उनको उद्धारका लागि बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायबाट भने खासै चासो भएको छैन् ।