काठमाडौं, ३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका भ्रमण रद्द गरेका छन् । संविधानप्रति विमति जनाउँदै आएका मधेसी, थारूलगायतका पक्षलाई समेटेर संविधान संशोधन प्रस्ताव अगाडि बढाउने र संविधान सर्वस्वीकार्य बनाउँदै कार्यान्वयनमा लैजाने प्रतिबद्धतालाई गति दिन प्रधानमन्त्रीले भ्रमण रद्द गरेको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले जानकारी दिए ।
प्रधानमन्त्री दाहालको अमेरिका भ्रमण रद्द
