इन्द्रेणी संवाददाता
नेपाल परिवार नियोजन संघ दाङशाखाले आज विविध कार्यक्रमको आयोजना गरी तेस्रो राष्ट्रिय परिवार नियोजन दिवस मनाएको छ । सो क्रममा आज घोराहीमा प्रजनन् स्वास्थ्य समन्वय समितिले अन्र्तक्रिया कार्यक्रमको आयोजना ग¥यो ।
संघको सन् २०२० सम्ममा परिवार नियोजनका अस्थायी साधन प्रयोगकर्ता दोब्बर बनाउले लक्ष भएपनि प्रयोग कर्ता घटेको संघको तथ्याङमा छ । संघबाट २०१५ मा १३ हजार ६ सय ९ जनाले कण्डमको सेवा लिएको, महिला कण्डक ११ जनाले, पिल्स १३ हजार ३ सय ८७ जनाले, पिपो ५ हजार ९ सय ४८, आइयुसीडि ५८ जनाले सेवा लिएको जानकारी दिइएको थियो ।
संघकी सभापति निर्मला गौतमको अध्यक्षतामा भएको कार्यक्रममा युएनएफ पिएका क्षेत्रीय निर्देशक राम थापा, रेडक्रसका नरेशजंग रानालगायतले बोलेका थिए ।
