घोराही, भारतिय सेनामा भर्ति हुन सफल युवाहरुलाई ब्रेभ गोर्खा ट्रेनिङ सेन्टर घोराहीले विदाई गरेको छ । सेन्टरबाट ट्रेनिङ गरेर यही भदौ २६ गते नेपालगञ्जमा भएको भर्ना छनोटबाट छनोट हुन सफल २१ जना युवाहरुलाई एक कार्यक्रमको आयोजना गरि विदाई गरिएको हो ।
२०७० साल फाल्गुनमा स्थापना भएको ब्रेभ गोर्खा ट्रेनिङ सेन्टर घोराहीले ८३ जना युवाहरुलाई विभिन्न देशको आर्मीमा छनोट गर्न सफल भएको सेन्टरका सञ्चालक तिलक वलीले जानकारी दिनुभयो । सेन्टर मध्य तथा सुदुरपश्चीम कै सफल भएको पनि उहाँले जानकारी दिनुभयो । निश्चीत सिट कोटामा विद्यार्थी भर्ना गरेर संख्यात्मक भन्दा पनि गुणस्तरलाई प्राथमीकता दिएर काम गरिरहेको उहाँको भनाई छ । साथै विगत देखी नै विद्यार्थीहरु सफल रुपमा विभिन्न देशका सेनामा भर्ना गर्न सफल भएको पनि उहाँले जानकारी दिनुभयो ।