पाँचथर, २ असोज । केही दिनदेखि परेको पानीका कारण पहिरो जाँदा पाँचथर लुङरुपाका आठ घर विस्तापित भएका छन् । शनिबार राति गएको पहिरोका कारण लुङरुपा–२ छेउटारको तामाङ बस्तीका आठ घर विस्तापित भएका हुन् ।
उनीहरुको घरमा भएका सामानहरु स्थानीयले अन्यत्र सारेपनि यहाँ अहिलेसम्म प्रहरी पुग्न सकेको छैन । पाँचथरका प्रहरी नायब उपरिक्षक नकुल पोख्रेलका अनुसार घटना भएको थाहा पाएपछि आफूले प्रहरी टोलीलाई त्यसतर्फ जान भनेर खटाएको बताए ।