Indrenionline.com

राप्तीको कला संग्रह ‘दाङ कोशेली घर’ को उद्घाटन

गोविन्द खड्का / केशरमान बिसी

घोराही, २ असोज । मुख्य चोक शहिद गेट नजिकै घोराहीमा शनिवार ‘शुभ सौगात दाङ कोशेली घर’ को शुरुवाद गरीएको छ । दाङ उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज बञ्जाडेले रिवन काटी उद्घाटन गर्नुभएको थियो ।

संघले पनि यस्तै कोशेली घरको कल्पना गरेको भन्दै कार्यक्रमका प्रमुख अतिथि एवं संघका अध्यक्ष बञ्जाडेले खुशि व्यक्त गर्नुभयो । राप्तीलाई समृद्ध बनाउन र सबै सामु परिचत गर्न कोशेली घर आधार बन्ने उहाको भनाई थियो । अग्र्यानिक सामान भएकाले पनि थप महत्वहुने उहाले बताउनुभयो ।

सो कोशेली घरमा अल्लो धागो बाट निर्मित विभिन्न तयारी पोषाक राखिएका छन् । टाउको देखि पैतला सम्म मानवलाई चाहिने सबै पोषाक तयारी अबस्थामा छन् । अल्लोका टोपि, ह्रयाट, सल लगाएतका टाउकाका पोषाक छन् । शरीरमा चाहिने आउटर, जहारीकोट, स्टकोट, लगाएतका पोषाक छन् । परिमार्जीत गरीएका आधुनिक जुत्ता तथा चप्पल लगाएतका राखिएको छ ।

यसैगरी आधुनिकतालाई पनि कोशेली घरले पच्छ्याएको छ । विभिन्न डिजाईनका लेडिज जेनस पर्सहरु राखिएका छन् । साईड व्यागहरु, लाईसेन्स पर्स, ल्यापटप व्याग, मादले व्याग, पत्रकार व्याग लगाएतका पोषाकहरु राखिएको छ । कपडा, छाला वा अन्य बाट बनेका अरु कपडा जस्तै अल्लो बाट बनेका छन् । विभिन्न डिजाईन, रंग तथा साईजमा उत्पादन गरीएको सल्लाहकार एवं सञ्चालक देव प्रसाद पुनले जानकारी दिनुभयो । कार्यक्रममा स्वागत गर्दै पुनले आफ्नै गाउ“ ठाउ“को उत्पादनलाई बढावा दिन र पहिचानको लागि प्रचार गर्न आग्रह गर्नुभयो ।

अधिकांश उत्पादन मायाको चिनोका रुपमा खपत हुने गरेको सञ्चालक प्रेम कुमारी पुनको भनाई थियोे । कार्यक्रमको अध्यक्षता गर्नुुभएका सञ्चालक पुनका अनुसार नमुनाका रुपमा केहि बस्तुहरु अमेरिका, बेलायत, जापान लगाएतका देशमा पठाईएको छ । बंगलादेश वाट केहि जुत्ताको माग आएको थियो । महाभुकम्पले बिथोल्यो । त्यस बाहेक नेपाल आउने पर्यटकहरु अल्लो बाट उत्पादीत बस्तु संग परिचित छन् । अझै व्यापक बनाउन कोशिली घरको अबधाराना ल्याएको हो ।
व्यापक बनाउनका लागि देशका विभिन्न ठा“उमा राखिएको छ ।

सौगात गृह काठमाण्डौ, मगर संस्कृतिक संग्रालय रोल्पा, कोशेली घर वुटवल लगाएतका महत्वपुर्ण क्षेत्रमा उत्पादन पुगेको छ । त्यसवाहेक स्थानिय रुपमा चल्ने विभिन्न समारोह, मेला महोत्सव, तालिम तथा सेमीनारहरुमा उपहारका रुपमा जानेगरेको छ । स्वदेशि तथा विदेशी पाहुनाहरुलाई नेपाली उत्पादन भनेर अल्लोका सामाग्री उपहार दिने गरीएको छ । दिदि वहिनीले रोजगारी पाएका छन् । गाउ घरमा उत्पादन बढेको छ । घोराहीका सबै जसो क्षेत्रमा दिन रात धागो कातेर कमाउने धेरै छन् ।

कोशेली घरलाई राप्तीको कला संग्रहको रुपमा विकास गरीने सञ्चालकहरुले बताएका छन् । सल्लाहकार पुनका अनुसार केहि दिन भित्रै रुकुमका भेडाको ऊन बाट तयार हुने राडि पाखी र काम्लोहरु राखिने छ । रोल्पाका टिमुर, भाङगो, सिमी लगाएत मसलाहरु, प्युठानको बेदवास बाट तयार गरीने सामाग्री, सल्यानको सुठो र दाङका चौधरी समुदयामा तयार हुने विभिन्न थरीका ढकियाहरु राखिने छ । पर्यटकहरुले सिंगो राप्तीको संस्कृति कोशेली घर बाट लिनेछन् । त्यस बाहेक अग्र्यानिक खाने र लगाउनेहरुको माग अनुसार कपडा अन्न, तथा मसलाहरु राखिने छ ।

यसलाई समान्य विक्री कक्षामा सिमित नगरीने सञ्चालकहरुले बताएका छन् । त्यसकै लागि ‘राप्तीका कला संस्कृति र उत्पादनका पहिचान, संरक्षण र सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ शुरु गरिएको छ । विश्वकर्मा बाबा पुजाको अबसर पारी उद्घाटन गरीएको कार्यत्रममा जलवायु अनुकुलन (लापा) का राम थापा, घरेलु तथा साना उद्योग कार्यालयका राम प्रसाद देवकोटा र एविसि टेलिभिजनका राप्ती व्युरो चिफ पत्रकार धनिराम शर्मा लगाएतले शुभकामना दिनुभएको थियो । सो कार्यक्रमको सञ्चालन सचिव विना पुनले गर्नुभएको थियो ।