काठमाडौं, २ असोज । भोली परेको नेपालको संविधान दिवसको अवसरमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले संविधान नेपालीहरूलार्इ शुभकामना दिएका छन् । ओबामाले संविधान दिवसको अबसरमा पठाएको सन्देशमा राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली जनतालाई बधाई समेत दिएका छन् ।
विनाशकारी भूकम्पको स्मरण गर्दै ओबामाले आफन्त गुमाएका परिवारहरूको शोक अझै पनि अमेरिकी जनताले अनुभूत गरिरहेका बताएका छन् । त्यस शोकका बीच पनि नेपालको भविष्यका लागि ठूलो आशा रहेको छ । दुस्खद घटनालाई उज्ज्वल भविष्यको कामनाको बीचमा आउन नदिने यात्रामा हामी तपाईँ र सारा नेपालीहरूको साथमा छौँ, उनले भनेका छन् ।