काठमाडौं, २ असोज । भारतको चारदिने राजकिय भ्रमणम रहेका प्रधानमन्त्री पष्पकमल दाहाल प्रचण्ड भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । दाहाल नेपाल एयर लाइन्सको विमानबाट आज दिउसो स्वदेश फर्केका हुन् ।
यसैबीच प्रधानमन्त्री स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै दाहालले आफ्नो भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा पुगेको बताए । उनले भारत र चीनसँग नेपालको सम्बन्धको आयाम फरक भएकाले भारतसँगको सम्बन्धले चीनसँग दूरी नबढ्ने बताए । ‘भारत–नेपाल र चीन–नेपालको सम्बन्धको आयाम फरक फरक छन्’, दाहालले भने,‘ एकतिरको सम्बन्धले अर्को सम्बन्धमा असर पर्दैन ।’
