काठमाडौ, २ असोज। नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराईले लडाकु शिवरमा भएको भ्रष्टाचारको छानबिन हुनुपर्ने बताएका छन् ।
भ्रष्टाचार भएको हो भने निष्पक्ष छानबिन गर्नुपर्ने तर प्रचार मात्रै गर्न खोजिएको हो भने खारेज गर्नुपर्ने भट्टराईको भनाइ रहेको थियो । सो अबसरमा भट्टराईले अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा स्वतन्त्र लोकपाल गठन गर्नुपर्ने बताए । उनले भ्रष्टाचारको विषयमा छानबिन गरी मुद्दा हाल्नुपर्ने आवश्यकता रहेको बताए ।