काठमाडौं, २ असोज । पूर्वराष्ट्रपति डा. रामवरण यादव उपचारका लागि अमेरिका प्रस्थान गरेका छन् । यादव आज ९ बजेको विमानबाट अमेरिका उडेका छन् ।
उनको साथमा उनका छोरा डा।चन्द्रमोहन यादव, छोरी अनिता र एक सुरक्षाकर्मी छन् । उनी उपचार सकेर एक महिनापछि फर्कने कार्यक्रम छ । डा यादवको उपचारको सम्पूर्ण खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ । सरकारले यादवको उपचारका लागि ६० लाख पेश्कीस्वरुप दिने निर्णय गरेको थियो । उनले भने तीन करोड माग गरेका थिए ।