Indrenionline.com

संसद्ले आज संविधान दिवस मनाउँदै

sambidhanकाठमाडौँ, २ असोज ।  संविधान दिवस तीन दिनसम्म मनाउने सरकारको तयारीअनुरूप व्यवस्थापिका संसद्ले आज पहिलो संविधान दिवस मनाउँदैछ । संविधान दिवसको मूल कार्यक्रम भने भोली हुने छ ।

तीन दिनसम्म दिवस विशेष रूपमा मनाउने सरकारको निर्णय अनुसार संसद्ले आज नै दिवस मनाउने तयारी गरेको हो ।

संसद्ले आयोजना गरेको आइतबारको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका विशिष्ट कर्मचारी तथा अन्य व्यक्तित्वको उपस्थिति रहनेछ ।

प्रधानमन्त्री प्रचण्ड भोली बिहान ८ बजे सैनिक मञ्चमा आयोजना गरिएको विशेष कार्यक्रममा सहभागी हुनुहुनेछ र साँझ न्युयोर्क प्रस्थान गर्ने कार्यक्रम छ ।