
ओली नेतृत्वको सरकारको पालामा जारी भएको नयाँ शिक्षा ऐनको बारेमा आफुलाई जानकारी नभएको ओलीले बताउनुभयो ।
हिजो देखी काठमाडौंमा शुरु भएको निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याब्सनको ११ औं साधारण सभामा बोल्दै उहाँले निजी क्षेत्रका बारेमा ऐनमा भएको गम्भिर कमजोरी जारी भईसके पछि मात्रै थाहा पाएको बताएका हुन् । निजी क्षेत्रको लगानीमा खुलेका शैक्षिक संस्थाहरु प्रति ऐन अनुत्तरदायी भएको उहाँ को भनाई छ ।
ऐनले गरेको ब्यवस्थाबाट निजी क्षेत्रमा पर्न गएको असुविधालाई राज्यले ध्यान दिनु पर्ने उहाँले बताउनुभयचो । शिक्षामा निजी क्षेत्रको लगानी ठूलो भएको बताउँदै ओलीले घर खेत बेचेर शिक्षामा गरिएको लगानीको सुरक्षाको प्रत्याभूति राज्यले गर्नु पर्ने बताउनुभयो ।