
वसको ठक्करवाट गम्भिर घाईते तुलसीपुर १९ जसपुर निवासी ५४ वर्षीय देबबहादुर डाँगीको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका क्रममा शनिवार निधन भएको हो ।
डाँगी अमर उच्च मावि उरहरीका विज्ञान विषय पढाउने शिक्षक हुन । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी कृष्ण प्रसाँईले अत्यधिक मदिरा सेवन गरेर वस चलाउँदा दुर्घटना भएको बताए । उनले मेडिकल रिपोर्टले चालकले अत्यधिक मदिरा सेृवन गरेको प्रमाणित भएको जानकारी दिए ।
सितलपुरवाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ख ७८४ नम्वरको वसले उरहरी तर्फ जाँदै गरेको रा १ प ७८१४ नम्वरको मोटरसाईकललाई टरिगाँउ एयरपोर्ट नजिक ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो । दुर्घटनामा परि डाँगीकी श्रीमती ५३ वर्षीया पुष्पा डाँगी गम्भिर घाईते भएकी छन् ।
उनलाई थप उपचारका लागि अञ्चल अस्पतालको प्रारम्भिक उपचारपछि थप उपचाकार लागि शनिवार साँझ नै बाँकेको कोहलपुर रेफर गरिएको छ । त्यस्तै उक्त वसले नै थप अर्काै रा २ प ४५४७ नम्वरको मोटरसाईलकलाई ठक्कर दिँदा थप दुईजना घाईते भएका छन् । मोटरसाईकलमा सवार प्रावि क्वाङ्गीका शिक्षक ५६ वर्षीय मुक्तवहादुर वली र उनकी श्रीमती ५२ वर्षीया सावित्रा वली घाईते भएका छन् ।
शिक्षक वलीको हातमा चोट छ र उनको अञ्चल अस्पतालमै उपचार भइरहेको छ । तर उनकी श्रीमती सावित्रा भने गम्भिर घाईते भएकी छन् । सावित्रालाई पनि थप उपचारका लागि कोहरपुर रेफर गरिएको छ ।