काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरुलाई लेख, पढ र प्रशिक्षणमा जुट्न आह्वान गरेका छन् । एमाले निकट राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सातदिने प्रशिक्षक प्रशिक्षण समापन कार्यक्रमलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीले लिएको राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, आर्थिक समृद्धि र जनताको बहुदलीय जनवादको विचारलाई तल्लो तहसम्म पु¥याउन आवश्यक रहेको बताए ।