Indrenionline.com

धनकुटामा गोली हानी एकको हत्या

इन्द्रेणी संवाददाता
धनकुटा, १ असोज । धनकुटामा एक युवकको गोली हानी हत्या गरिएको छ। धनकुटा नगरपालिका–१४ वेलहराका २६ वर्षीय प्रेम भण्डारीको गएराति डाँडागाउँ–१ मा गोली हानी हत्या भएको धनकुटा प्रहरीले जनाएको छ ।

डाँडागाँउ–१ ४८ वर्षीय चक्रे भनिने खड्कबहादुर गुरुङले गएराति ११ वजेतिर गोली हानी भण्डारीको हत्या गरेको प्रहरीले जनाएको छ। व्यक्तिगत रिसिइबीका कारण गुरुङले भण्डारीमाथि गोल प्रहार गरेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमानले देखाएको छ।

भण्डारीको शव शनिवार बिहान खोल्सामा भेटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक विभुतीराज पाण्डेले जानकारी दिए। हत्याका आरोपी गुरुङलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थालेको प्रहरीले बताएको छ ।