इन्द्रेणी संवाददाता
घोराही, १ असोज । घोराही, १० कपासीको अटो भिलेजमा आज विश्वकर्मा बाबाको मन्दिर उद्घाटन गरिएको छ । आज परेको विश्वकर्मा पूजाको अवसर पारेर मन्दिरको उद्घाटन गरिएको हो ।
मन्दिर निर्माण समितिका अध्यक्ष सुशील पोख्रेलको अध्यक्षता भएको कार्यक्रममा विशष्टि अतिथि दाङ जिल्ला उदौग वाणिज्य संघका अध्यक्ष हेमराज वञ्जाडे, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल, दाङ शाखा अध्यक्ष सुदीप गौतम, नेपाल अटो व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष यमप्रसाद भुषाल, गोरक्ष यातायात प्रालिका अध्यक्ष प्रकाश श्रेष्ठ, पाण्डवेश्वरी यातायात प्रालिका अध्यक्ष सरोज शाह, दाङ जिल्ला फोटोग्राफर एशोसियसनका अध्यक्ष बसन्त जोशीलगाउतले आ–आफ्नो विचार राखेका थिए ।
विभिन्न दाताहरुको करीव ८ लाख सहयोगमा उक्त मन्दिरको निर्माण गरिएको हो । सो अवसरमा विभिन्न यातायात व्यवसायीहरुले विश्वकर्मा बाबाको पूजाआजा पनि गरेका थिए ।