काठमाडौं। नेपाल महिला संघको नेतृत्वका लागि तेस्रो महाधिवेशनमा भएको मतदानमा सभापति शेर बहादुर देउवा र नेता कृष्ण प्रसाद सिटौलाको संयुक्त प्यानल नै बिजयी भएको छ। मतगणनास्थलमा रहेकी हाम्राकुरा डटकमकी सहयोगी रुपा पोखरेलका अनुसार कूल १८१४ मत खसेको छ। कुल ५६ जनाको लागि भएको निर्वाचनमा उमा र धनाको प्यानलनै विजयी भएको छ।
सिटौला पक्षको सहयोगमा देउवा सिटौला समुहको जीतले नेपाली काँग्रेसको राजनीति र भातृ संस्थामा सिटौला पक्षको बढ्दो प्रभावलाई पनि यसले देखाएको छ। यसको सोझो प्रभाव नेपाली काँग्रेसको बाकी भातृ संस्थाको महाधिवेशनमा पनिन पर्ने देखिन्छ। यो परिणामले नेपाली काँग्रेसका नेता सिटौलाको प्रभाव पार्टीमा बढ्ने छ भने नेताहरु गगन थापा, उमाकान्त चौधरी र प्रदिप पौडेलको प्रभाव यूवा पुस्तामा समेत व्यापक पर्ने आँकलन गरिएको छ।