काठमाडौं । काठमाडौंको दशरथ रंगशाला बर्षे झार तथा फोहरले भरिएको थियो । नेपालको एकमात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशालामा झाडी उम्रिएर कुरुप भएपछि रंगशालाको यस्तो दुर्दशा देखेर खेलकुद मन्त्री दलजित श्रीपाली जब हातमा झाडु बाकेर रंगशाला उत्रिय रंगशालाको मुहारै फेरिएको छ।
रंगशालामा सर्वसाधारण बस्ने साधारण प्याराफिटमा झार उम्रिएर झाडी बनेको थियो । पोष्टबहादुर बोगटी स्मृति दिवसको अवसर पारेर आयोजना गरिएको सरसफाइ कार्यक्रममा खेलकुदमन्त्री श्रीपाइलीसहित अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने लगायत सहभागी थिए ।