काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्डको भारत भ्रमणका क्रममा संयुक्त पत्रकार सम्मेलन गरेका छन् । सम्मेलनमा बोल्दै प्रधानमन्त्री द्वयले दुई देश बिचको आपसी सबन्धबारे चर्चा गर्दै नेपालको शान्ति, स्थिरता र समृद्धि दुबै देशको साझा उद्धेश्य भएको बताएका छन् ।
संयुक्त संवोधनमा शूरुमा बोलेका भारतीय प्रधानमन्त्री मोदीले दुई देशबीचको ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्दै नजिकको छिमेकी रहेको कारण भारतले नेपालको समृद्धिको हरेक पाइलामा सहयात्री बन्न अवसर पाएको बताए । उनले प्रधानमन्त्री प्रचण्डले नेपालमा शान्ति र स्थायित्व स्थापना गर्न ठूलो भूमिका खेलेको बताउदै प्रचण्डकै नेतृत्वमा सबै समुदायको चाहनालाई सम्बोधन गर्दै नेपालको संविधान कार्यान्वयन हुनेमा विश्वस्त रहेको बताए ।
यस्तै सम्मेलनमा बोल्दै नेपालका प्रधानमन्त्री प्रचण्डले नेपाल अब देशमा स्थायी शान्ति कायमा गरि सम्बृद्धीको बाटोमा लम्किन खोजिरहेको बताए ।यस्तै प्रचण्डले गत बर्ष नेपालले ऐतिहासिक रुपमा संविधान निमार्ण गरेको बताउदै त्यसप्रति आशंका नगर्न आग्रह गरे ।
उनले मधेशमा उत्पन्न समस्या समाधानका लागि भारतको सहयोग पनि महत्वपूर्ण हुने बताए । प्रधानमन्त्री प्रचण्डले दुई देशबिचको आपसी सहकार्यबाट नै ब्यापार, विकासका क्षेत्रमा महत्वपूर्ण प्रगति हुने बताउदै नेपालको विकासमा निम्ति भारतले विभिन्न आयोजना मार्फत गरेको सहयोगको स्मरण गरे । उनले भने– “राजनीतिक स्थीरता, शान्तिपूर्ण र विकासमुलक नेपालको लागि दुई देशबिचको सम्बन्ध अर्थपूर्ण रहेको छ ।”