बद्री पन्त
जाजरकोट, ३१ भदौ । मध्य पहाडी लोकमार्गको जाजरकोटको स्याउली स्थित फेराखोला पुल निर्माण हचुवा भएको छ । लोकमार्ग अन्र्तगतको उक्त पुल खोला भन्दा होचो निर्माण भएको छ । सम्बन्धित निकायको हचुवा सर्भे डिजाइनका कारण ३ करोड लागतको पुलको उचाई र लम्बाईमा समस्या आएको छ । दुई बर्ष अघिदेखि निर्माणधीन पुल र खोलाको सतह बराबर रहेको छ ।
हचुवा डिजाइएनले कुनैमा लम्बाई बढी कुनैको लम्बाई तथा उचाई घटी हुने गरेको उनले बताए । यही भदौ मसान्तमा सम्पन्न गर्ने गरी महालक्ष्मी÷नाना जेभी काठमाण्डौंले २०७१ मा पुल निर्माणको जिम्मा लिएको थियो । २ बर्ष वित्दा पनि उक्त कम्पनीले पुल निर्माण आधा गर्न सकेको छैन । कम्पनीले पुलको पिलर र एक स्पानको मात्र कार्य पुरा गरेको छ । पुलको जग बलियो नहु“दा खोलाले भत्काउन समेत शुरु गरेको सहायक प्रजिअ शर्माले बताए । राष्ट्रिय राजर्मागमा बन्ने यो पुलको निर्माणमा बेलैमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ, उनले भने ।
पुलको उचाई कम भएपनि निर्माण सम्पन्न पछि सतह मुनिको माटो निकाल्दा समस्या नहुने मध्य पहाडी लोक मार्ग पश्चिम आयोजना दाङ्गका सिनियर डिभीजनल ईन्जिनियर नारायण प्रसाद निउरेले बताए । फेरा खोलामा ४० मीटर लम्बाई र ९ मीटर चौडाईको पुल निर्माणाधीन अवस्था रहेको निउरेले बताए । पुल निर्माणको डिजाईन बीम कन्सलटेन्ट प्रालि ललितपुरले गरेको उनले बताए । मध्यपहाडी लोक मार्गको भेरी नदी, झुप्राखोला, छेडाखोलाको थलह लगाएतमा पुल निर्माण र जाजरकोट खण्डमा ट्रयाक खोल्ने कार्य अलपत्र परेको छ ।।