काठमाडौं, ३१ भदौ । उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले नेपाली अर्थतन्त्रको चाबी अन्तै भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज(सेजन)को १७औं वाषिर्क साधारण सभालाई सम्बोधन गर्दै मन्त्री महराले यस्तो बताए ।
अर्थमन्त्रीको जिम्मेवारी सम्हालेको सवा एक महिनामा आफुले नेपालको अर्थतन्त्र नेपालीको हातमा नभएको पाएको बताए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले आर्थिक पत्रकारिता बलियो भयो भने मात्रै समग्र पत्रकारिता बलियो हुने बताए ।