Indrenionline.com

चाडपर्वलाइ लक्षित गरी इन्धनको मुल्य घटाइयो

काठमाण्डौ, ३१ भदौ ।नजिकिदै गरेका दसैँ तिहार लगायतका चाडपर्वलाई मध्यनजर गर्दै हवाइ इन्धनको मूल्य घटाइएको छ । नेपाल आयल निगमले ठुला चाडपर्व दसैँ, तिहार, छठ जस्ता पर्वमा घर जाने र आउने यात्रुलाई सहुलियत दिने उद्धेश्यले आन्तरिक उडानतर्फ प्रतिलिटर ५ रुपैयाँ घटाएको हो ।
petrol-e1456919970555यसअघि ९९ सय रुपैयाँ रहेको इन्धनको मूल्य शुक्रबार रातिदेखि ९४ रुपैयाँ हुने भएको छ । त्यस्तै अन्तर्रा्ष्ट्रियतर्फ प्रतिहजार लिटरमा ५० डलर घटाइएको निगमका प्रवक्ता भानुभक्त खनालले जानकारी दिनुभयो ।

यसअघि अन्तर्रा्ष्ट्रिय तर्फ ८ सय ८१ रहेकोमा अब ८ सय ३१ रुपैयाँ हुनेछ ।।