अन्तराष्ट्रिय नेपाली समाजले कुबेतमा अलपत्र २२ जना नेपाली कामदारलाई खाद्यान्य सहयोग गरेको छ ।
कुबेतस्थित ‘खलिफा दड अल—दबबोउस एण्ड ब्रोस् कम्पनी लिमिटेडले खाद्यान्य र तलब उपलब्ध गराउन नसकेपछि ती कामदार अलपत्र परेका थिए । समाजले पीडित कामदारलाई चामल, दाल, तेल, नुन, मासु र तरकारी लगायत खाद्यान्य सहयोग गरेको हो । पीडितलाई राहत दिन समाजका पुर्व संयोजक हरि गोपाल सुबेदीको अगुवाईमा एक टोली क्याम्पमा पुगेका थिए ।