Indrenionline.com

दाङका लागि कतारबाट एम्बुलेन्स आउदै

इन्द्रेणी संवाददाता
दाङ, ३१ भदौ । दाङ देउखुरी सेवा समाज कतारले आफ्नो जिल्लामा एम्बुलेन्स पठाउने अन्तिम तयारी गरेको छ । त्यसको लागि आर्थिक सहयोग जुटाउन इदको अबसरमा सास्कृतिक कार्यक्रम गरेको छ ।

समाजका अध्यक्ष सुर्य सुबेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहभागीहरुले जिल्लामा एम्बुलेन्स गर्न आफुहरु उत्साहित भएको बताए । सस्थाका प्रमुख सल्लाहकार लुमाकान्त पुन मगरले एम्वुलेन्स योजनामा अलि ढिलो हुन गएको बताउदै अब यसललाई सक्रिय साथ अगाडि बढाइने बताए ।

समाजले कतारका स्थानिय कलाकारको प्रस्तुतिमा सास्कृतिक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा गायक रित कुमार श्रेष्ठले तिम्रै कल्पनामा बोलको गित प्रस्तुत गरेका थिए । सन्चामाया तामाङ्गले नेपालकी छोरी भन्ने बोलको गीतमा नृत्य प्रस्तुत गरिन । गायक सुदिप पुन मगरले घुम्दै फिर्दै दाङ घोराही आएको बोलको गित गाए ।

गायिका कमला गुरुङले सान्नानीले झुक्कायो मलाई बोलको गित प्रस्तुत गरिन । त्यसैगरी गायिका शुष्मा पुनले हावा चल्यो सरर बोलको गित गाइन । तेस्तै अन्जना तामाङ, दुर्गा बि सि, दामु न्यौपाने, संगीता बस्याल, अजय परियार, भगवती बस्याल, होम बि सि, राम बाबू बोहोरा, नवीन सुब्बा लगायका कलाकारको फरक फरक बेजोड प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।