काठमाडौं, ३१ भादौ । सर्वोच्च अदालतले लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्दाको सक्कल कागजपत्र सातदिन भित्र झिकाउन आदेश दिएको छ । सर्वोच्चले आदेश अनुसार फाइल नपठाएमा न्याय प्रशासन ऐन बमोजिम कारबाही गर्ने समेत फैसला गरेको छ ।
सर्वोच्चले कार्कीको नियुक्ती कानुनसम्मत भएको भन्दै रिट निवेदन खारेज गरेपनि अधिवक्ता अर्यालले त्यसविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिनुभएको थियो । सो रिटको सुनुवाई गर्दै सर्वोच्चले सरकारलाई कार्की अख्तियार प्रमुख नियुक्त गर्दाको समयको सक्कली फाइल झिकाउन आदेश दिएको थियो । तर, सरकारले कार्कीलाई नियुक्त गर्दाको फाइल हरायो भन्ने जवाफ सर्वोच्चलाई दिएको थियो ।