बझाङ, भदौ ३१ । वझाङमा घरमै असुरक्षित रुपमा सुत्केरी गराउँदा बिरामी परेकी एक महिलाको उपचार गर्ने भन्दै झाँक्री लगाउँदा ज्यान गएको छ । भातेखोला गाविस–१ द्धारी कौसाण बस्ने ३० वर्षकी सुन्तला देवी कठायतको उपचार गर्ने भन्दै झाँक्री लगाउँदा ज्यान गएको हो ।

सुत्केरी भएको केही दिनमै घरमा बच्चा छोडेर पानी नजिकै जाने, पानीमा डुबुल्की मार्ने, पानीबाट घर आउन नमान्ने जस्ता ब्यवहार गर्ने गरेको आफन्तले बताएका छन् । यस्तो ब्यवहार गर्दा परिवारका सदस्यले स्वास्थ्य चौकी ल्याउनु भन्दा गाउँमै धामी झाँक्री गरेका थिए । अस्पताल नलगी गाउँमै झाँक्री लगाउँदा कठायतको ज्यान गएको हो ।।