इन्द्रेणी संवाददाता
घोराही,३१ भदौ । नजिकिदै गरेका चाड पर्वहरुलाई मध्य नजर गर्दै साल्ट टेड्रिङकर्पोरेशन लिमिटेड दाङ शाखाले सुपथ मुल्यको पसल सञ्चालन गर्ने भएको छ । भारतिय नाकाबन्दीका कारण अघिल्लो बर्षको चाड पर्वमा सुपथ मुल्यको पसल सञ्चालन गर्न नसकेको लिमिडेटले यस बर्ष सञ्चालन गर्न लागेको हो ।
सपथ मुल्यको पसलमा बजार भाउँ भन्दा केही रकम कममा चिनी प्रतिकेजी ७९ रुपैया र नुन प्रतिकेजी १६ रुपैयाका दरले विक्रि गरिने भएको छ । अहिले चिनीको बजार मुल्य प्रतिकेजी ८८ रुपैया र नुन प्रतिकेजी १८ देखि २० रुपैयाम्म पर्ने गरेको छ । पसलवाट प्रतिव्यक्ति चिनी छ किलो र नुन तीन किलो दिने शाखा प्रमुख चौधरीले बताउनुभयो । विगत पाँच बर्षदेखि सरकारी निर्णय अनुसार लिमिटेडले देशभरका शाखाहरुद्धारा सुपथ मुल्यको पसल सञ्चालन गर्दै आएको छ ।