३१ भदौ, सप्तरी । सप्तरीको रामपुर मलहनिया –६ मा आगलागी हुँदा आठ घर जलेर नष्ट भएका छन् । आगलागीवाट रु १० लाखभन्दा बढी क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ .। 
आगलागीबाट खाद्यान्न, अन्नपात, लताकपडा नगद जिन्सी गरी रु १० लाख लाखभन्दा बढीको क्षति भएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए । स्थानीयवासीको सहयोगमा प्रहरी र राजविराजबाट गएको वारुणयन्त्रले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।।