Indrenionline.com

नक्कली पत्र बनाएर सरुवा भएका तीन स्वास्थ्यकर्मी पक्राउ

मोरङ, ३१ भदौ ।कीर्ते कागजजातका आधारमा सरुवा हुने तीन स्वास्थ्यकर्मीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ । मध्यमान्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौडाले असार र भदौ महिनाको रौतहट जिल्लाको पत्र अनुसन्धान गर्दा कीर्ते कागजातमा सरुवा भएको फेला परेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 20160618012547_Alleged-fake-doctor-कीर्ते पत्र बनाएर सरुवा भएको आशंकामा रौतहटबाट ललितपुर सरुवा भएकी अनमी मन्दिरा श्रेष्ठ, सर्लाही सरुवा भएका अहेव दिनेशप्रसाद साह र पर्सा सरुवा भएका हेल्थ असिस्टेन्टा राजकिशोर यादबलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकालाई प्रहरीले अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाएको छ ।।