Indrenionline.com

स्क्रब टाइफसको अनुसन्धान गर्दै थाइल्यान्डका विशेषज्ञ

typhusकाठमाडौँ, ३१ भदौ ।  स्क्रब टाइफस रोग तीन दर्जनभन्दा बढी जिल्लामा देखिएपछि थाइल्यान्डबाट विशेषज्ञहरूको टोली झिकाएर अनुसन्धान थालिएको छ । यो रोग नेपालमा गत वर्षबाट देखिएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार स्क्रब टाइफसको परीक्षणमा सहयोग गर्न थाइल्यान्डबाट प्रयोगशाला परीक्षणका लागि पाँच जनाको विज्ञ टोली आई अनुसन्धान गरिरहेको छ ।

मुलुकका ३७ जिल्लामा स्क्रब टाइफस फैलिएपछि सरकारले त्यसको वैज्ञानिक आधारमा पुष्टि गर्न थाइल्याण्डबाट विज्ञ टोली मगाएर अनुसन्धान गरेको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसन्धान प्रमुख डा। गुणनिधि शर्माले स्क्रब टाइफस सार्ने तŒव पत्ता लगाउन थाइल्यान्डबाट आएका प्रयोगशाला परीक्षणका विशेषज्ञको टोलीले प्रयोगशालामा अनुसन्धान थालिरहेको जानकारी दिनुभयो ।

केही दिनअगाडि सबैभन्दा धेरै स्क्रब टाइफसका बिरामी चितवनमा फेला परेपछि त्यहाँको अवस्था पत्ता लगाउन स्वास्थ्यकर्मीको टोली त्यहाँ गएको थियो ।