Indrenionline.com

महिला संघमा नयाँ नेतृत्वका लागि आज मतदान हुँदै

३१ भदौं, काठमाडौं ।नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । विहान भृकुटीमण्डपमा हुने मतदानमा ५३ सदस्यका लागि झन्डै डेढ सयजनाले उम्मेदवारी दिएका छन् । अपराहृन ५ बजे मतदान सकिएलगत्तै कांग्रेस केन्द्रीय कार्यलय सानेपामा मतगणना हुने निर्वाचन समितिले जनाएको छ । mahila-sanghसंघको सभापतिमा उमा रेग्मी र मीना पाण्डेको उम्मेदवारी परेको छ । निर्वाचन समितिले बिहीबार प्रकाशित गरेको अन्तिम नामावलीअनुसार अध्यक्षमा दुई, महासचिवमा तीन र कोषाध्यक्षमा दुईजनाले उम्मेदवारी दिएका छन् । संघको विधानमा खुला २२ जना, प्रत्येक प्रदेशबाट तीनतीनजना, आदिवासी, मधेसी तीन र दलितबाट एकजनाका साथै मुस्लिमबाट एकजना सदस्यसहित ५३ जना सदस्य निर्वा्चित हुने प्रावधान छ ।।