मनिला, भदौ ३१ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेमाथि डाभाओ शहरको मेयर भएका बेला न्याय विभागका एक एजेन्टलाई गोली हानी हत्या गरेको आरोप लागेको छ । इडगार माटोबाटो नामका एक स्वघोषित ‘डेथ स्क्वाड’ सदस्यले उक्त आरोप लगाएका हुन् । 
तर डुटेर्टेका एक प्रवक्ताले भने त्यो आरोपका खण्डन गरेका छन् । राष्ट्रपतिका प्रवक्ता मार्टिन अनडानरले डुटेर्टेको मेयर कार्यकालबारे गरिएका अनुसन्धानहरु असफल भइसकेको बताए । डाभोओ डेथ स्क्वायड नामक कुख्यात भिजिलान्ते समूहले सयौं मानिसको हत्या गरेको मानिएको छ । ५७ वर्षीय माटोबाटो आफूलाई त्यसको सदस्य रहेको दाबी गर्दछन् ।।