डडेल्धुरा, भदौ ३१ ।डडेल्धुराको अमरगढी नगरपालिका–७ र कोटेली गाविसका विभिन्न स्थानमा बौलाहा स्यालले टोक्दा नौ जना घाइते भएका छन् । बौलाहा स्यालले टोकेपछि अमरगढी नगरपालिका–७ सल्लागाँउ र भाट गाँउका सात जना र कोटेलीका २ जना गरी नौ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 
यसैगरी भाटगाँउ सिरोलाकी १८ वर्षे माया भट्टराई, सल्लागाँउकी कलावती भट्ट, कोटेली गाविसकी ६० वर्षे मन्दिरा भाट र २५ वर्षे सारती भाटको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । स्थानीयहरुले बौलाहा स्याल मार्नका लागि प्रशासनसँग आग्रह गरेका छन् । गाउँमा एकै दिन धेरै मानिसलाई घर नजिकै आएर स्यालले टोक्न थालेपछि बौलाहा स्याल मार्नका लागि आग्रह गरेका हुन् ।।