कुसुम बिक / बर्दिया
करिब २ बर्ष अघि उधारो मदिरा खाएको पैसा माग्दा होटेल संचालक महिलामाथी घरभित्रै छिरेर आक्रमणगर्ने आक्रमणकारी तरुण दल बर्दियाका नगर सभापती रविन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छैन । घटना घटेको ३ दिन बितिसक्दा पनी प्रहरीले उनलाई पक्राउगर्न सकेको छैन । यादवलाई पक्राउ गरी कानुनी कारबाही गर्न जिल्लाप्रहरी कार्यालय बर्दिया उदासिन देखिएको छ ।
बर्दियामा रोजीरोटीका लागि आफ्नो सानो व्याबसाय गर्दै आएका गरिव दम्पती माथि निर्घात कुटपिट भइ जिल्ला अस्पतालमा उपचारार्थ भर्ना भएको लामो समय बितिसक्दा पनि जिल्लाका न्याए प्रदाएक संस्थाहरु भने मौन बसेका छन् ।
यता पीडित महिलाकाश्रीमानले नेपालीकांग्रेस बर्दिया जिल्लामा समेत निबेदनदर्ता गराएका छन । उनले तरुण दलकानगर सभापती रविन्द्र यादवले आफु र आफ्नो श्रीमतिलाई निर्घात कुटपिट गरेकोले कारबाहिको दायरा माल्याउनआग्रहगर्दै निबेदन दिएका छन । यताप्रहरीले भने घटनाका आरोपी तरुण दलकानगर सभापती रविन्द्र यादवको खोजीभइरहेको बताएको छ ।
स्रोतकाअनुसार आरोपित रविन्द्र यादवखुलेआम खैरापुर बजारमा घुमेपनीप्रहरीले पक्राउ गरेको छैन । स्रोत भन्छ – प्रहरीले चाहेमा आरोपित यादवलाई १ घण्टा भित्र पक्राउगर्न सक्छ तर प्रहरीनै यादवलाई पक्राउगर्न चाहन्न । यता घटना बिभिन्न मिडियामा सार्वजनिक भएपनीआफ्नै भातृ संगठनका ईन्चार्जले गरेको कुकृत्यको बारेमा नेपाली कांग्रेस बर्दिया मौन बसेको छ । दिन दहाडै महिलामाथीआफ्नै भातृ संगठनका ईन्चार्जले आक्रमण गरेपनी बर्दिया कांग्रेसका स्थानिय नेताहरु चुपचाप बसेका छन ।