Indrenionline.com

साउदीमा अलपत्र नेपालीको अबस्था बुझ्न साउदी पुगे नारायणकाजी

महेश श्रेष्ठ

साउदी अरब । पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले साउदी अरबको अनौपचारिक तीन दिने भ्रमणको क्रममा पीडित प्रवासी नेपालीहरुको पीडा र गुनासोको पोको बोकेर नेपाल फर्केका छन् ।श्रेष्ठले प्रवासी पीडितको समस्याका सम्बन्धमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री र श्रम तथा रोजगार मन्त्री र सचिव समक्ष गम्भिरतापूर्वक छलफल गर्ने प्रतिबद्धता समेत गरेका छन् ।

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ नेपाली जन प्रगतिशील मंच, साउदी अरबको चौथो एकताको महाधिवेशनको निम्तोमा साउदी अरब आएकाथिए ।गत ११ सेप्टेम्बरका दिन साउदी अरबको रियादमा आएका नेताश्रेष्ठले साउदी बसाईको क्रममाप्र वासी पीडित नेपाली कामदारहरुसंग छुट्टा छुट्टै भेटघाट गर्नुका साथै विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु संग अन्तरक्रिया समेत गरे ।

प्रवासी पीडित कामदारहरुले उनीसंगको भेटमा सम्झौता अनुसारको कम्पनीतलब सुविधा नपाएको,महिनौदेखि तलब नपाएका कारण खानबस्नमा समेत समस्या भएको, सम्झौता अवधि पुगिसक्दा पनि घर फर्कन नपाएको, मालिक र प्रहरीको मिलोमतोमा दुःखदिएको र लेबरकोर्टको फैसला ढिलाई हुँदा खाली हात नेपाल फर्कन बाध्य बनाइएको पीडा सुनाए । उनीहरुले नेपाली राजदुतावासले आफूहरुको समस्यामा वेवास्ता गरेको गुनासो पनि गरे ।

भेटघाटकै क्रममा श्रेष्ठले रियाद स्थित दुतावासको सेल्टरमा रहेका पीडित महिलाहरुसंग पनि भेटघाट गरे । घरेलु र कम्पनीका कामदारका रुपमा आएका ती महिलाहरुले आफूहरुको उद्धार गरेर यथाशिघ्र नेपाल पठाउने व्यवस्थागरिदिन अनुरोध गरे । सेल्टरमा कुवैतबाट बेचिएर साउदी ल्याइएका, साउदी मै ल्याईएर दुःखपाएका र कम्पनीको कामभनेर अन्यत्र कामलगाई दुःखदिएका र सो क्रममाभागेर दुतावास आएकाहरु छन् ।हाल सेल्टरमा १६ जना महिलाहरु छन् ।उनी सबै एकै चोटी सुत्न पनिनसक्ने साँघुरो कोठामा बस्दै आएका छन् ।सेल्टरमा रहेका कतिपय महिलाहरु विमारी र बच्चा सहितका छन । साउदी सरकारले एक्जिट भिसा लगाउनका लागि कानुनी प्रक्रियामा ढिलाई गरेका कारण डेढ वर्षदेखि सेल्टरमै बसेका महिलाहरु पनि रहेका छन् ।

साउदी बसाईमा श्रेष्ठले वैदेशिक रोजगारका क्रममा साउदी अरबमा रहेका प्रवासी नेपालीहरुले भोग्नु परेको समस्याका बारेमा दुतावासमाआयोजितअन्तरक्रिया कार्यक्रममामहिलाहरुलाई घरेलु कामदारका रुपमाम हिलाहरुलाई पठाउन उपयुक्त नलागेको धारणा राख्दै ठूलाठूला पर्खालभित्रबन्द गरेर राखिएका महिलाहरुको पीडा र अपमान असह्यभएको बताए । उनले कम्पनीका कामदारका रुपमा महिलाहरुलाई पठाउन सकिएपनि घरेलु कामदारमा पठाउन नहुने बताए ।

अन्तरक्रियामामाओवादी केन्द्रका सरकार संचालन समितिका ईन्चार्ज समेत रहेका श्रेष्ठले नेपालमापुगेर यथाशिघ्र साउदी अरबमा रहेका नेपालीहरुले भोग्नु परेको समस्या र पीडाका सम्बन्धमागम्भिरतापूर्वक प्रधानमन्त्री समक्ष कुरा राख्ने बताए । उनले समस्याको निकासका सम्बन्धमा परराष्ट्र मन्त्रालयकामन्त्री र सचिव त्यसैगरी श्रम तथा रोजगार मन्त्रालयकामन्त्री र सचिवसंग समेत छलफल गर्ने प्रतिबद्धता गरे । रियाद स्थित नेपालीदुतावासको अतिथि गृहमा बसेका श्रेष्ठ विभिन्न संस्थाहरुको कार्यक्रममा समेत सहभागिभएर सेप्टेम्बर १४मा नेपालफर्केका हुन् ।