दशै तिहार जस्ता चाड पर्व नजिकै गर्दा चोरी डकैतिका घटना बढ्ने सम्भावना हुन्छ भन्ने आम धारणा नै हो तर बर्दियाको सानोश्रीताराताल नगरपालिका वडा नं. ९ गाउँ नं.१६ धामीे टोलमा गए राति यस्तो घटना भएको छ जो घटना सुन्दा अचम्म त लाग्छ नै सानोश्रीतारातालमा बालबालिकाको अवस्था कस्तो छ भनेर सोच्न बाध्य बनाउछ । घटना गए राति भएको हो । धामी टोल बस्ने पदम बहादुर चदराको एक जोडी९२ वटा० राँगा चोरेको आरोपमा सानोश्रीताराताल नगरपालिका ८ गाउँ नं। १३ बस्ने प्रेम खत्री र बासु देव थापालाई प्रहरीले विहिवार पक्राउ गरेको छ ।
उनीहरुको ठेगाना, बुवा आमाका बारेमा सोधे तर ति बालकले दिएको उत्तरमा भरोसा नमाने पछि स्थानियले उनिहरुलाई नियन्त्रणमा लिएका थिए । चोरको खोजीमा लागेको प्रहरीले ईलाका प्रहरी कार्यालय सानोश्रीमा समन्वय गर्यो । “उनीहरुको बारेमा शंका मानेका व्यापारीले प्रहरीमा खबर गरेपछि हामीले उनिहरुलाई पक्राउ गर्न सफल भयौ” प्रहरी चौकी खैरापुर९क०का ईन्चार्ज प्रहरी सहायक निरिक्षक दिल बहादुर वि क ले भन्नुभयो “रागाँ चोरी भएको खबर आएपछि चोरेको रागाँ भारत पुर्याईएको हुन सक्ने भन्दै पहिला त हामीले भारतिय पुलिसलाई सहयोगका लागी कुरा गर्यौ अनि सानोश्रीताराताल नगरपालिका ८को रामनगरमा पशु हाट लाग्ने थाहा पाए पछि हामिले ईलाका प्रहरी कार्यालय सानोश्रीको सहयोग लिएका हौ ।” प्रहरीका अनुसार अभियूक्त प्रेम र बासु देवलाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय बर्दियामा राखिएको छ । त्यस्तै रागाँ भने स्वयम पदम बहादुर चदरालाइ नै फिर्ता गरिएको छ ।