Indrenionline.com

ओलीले भने- वंशज वाहेकका नागरिकलाई राष्ट्रपति, सेनापति बनाउन सकिदैन

काठमाडौं, ३० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जसले जे भने पनि वंशज बाहेकका नागरिकता लिनेलाई राष्ट्रपति, सेनापति र संवैधानिक अंगको प्रमुख बनाउन नसकिने बताएका छन् ।

आज ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधानमा उल्लेख भएअनुसार सबै विवरण पूरा भएका नागरिकलाई नागरिकता दिन सकिए पनि राष्ट्रपति, सेनापति र सैंबैधानिक अंगमा वंशजको नागरिकता पाएकालाई मात्रै दिन सकिने बताए । ‘सबै विवरण पुरा गरेकालाई नागरिकता दिन सकिएला तर राष्ट्रपति, सेनापति वा संवैधानिक अंगका प्रमुख बनाउन वंशजको नागरिकता प्राप्त गरेकाभन्दा वाहिर जाँन सकिदैन’, उनले भने ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले विश्वका अन्य मुलुकका तुलनामा पनि हाम्रो संविधान समावेशी र सबैका लागि मान्य रहेको दावी गरे ‘९२ प्रतिशतले हस्ताक्षर गरेको संविधान भएकाले यसलाई अस्वीकार गर्नुको अर्थ छैन,’ ओलीले भनाइ थियो ।