दिल्ली, ३० भदौ । चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय कम्युनिस्ट पार्टीका महासचिव सीताराम यचुरीबीच आज भेटवार्ता भएको छ ।
यचूरीलाई भेट्नु अघि प्रधानमन्त्री प्रचण्डले भारतीय दूतावासमा नेशनलिस्ट पार्टीका महासचिव डिपी त्रिपाठीसँग समेत भेटवार्ता गरेका थिए । त्यस्तै जनता दलका पूर्वअध्यक्ष सदर यादवसँग समेत प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गरेका छन् ।