Indrenionline.com

प्रहरी सेवा केन्द्र लालमटिया र ईप्रका भालुवाङको सचेतनामुलक कार्यक्रम

सन्तोषकुमार गुप्ता
देउखुरी, ३० भदौ । गाउँघरमा हुने अपराधिक घटना, घरेलु हिंसा, महिला हिंसा, मावन बेचबिखन तथा लागु औषध प्रयोग तथा ओसार प्रसार नियन्त्रण गर्न सामुदायिक प्रहरी सेवा केन्द्र लालमटिया र ईलाका प्रहरी कार्यालय भालुवाङले गाउँ तथा विद्यार्थी केन्द्रित सचेतना अभियान कै रुपमा सञ्चालन गरेको छ । policeसमुदायमा हुने सबै प्रकारका गलत कृयाकलापलाई नियन्त्रण गर्न प्रहरीको मात्र एक्लो प्रयासले सम्भव नहुने हुँदा नागरिक र प्रहरी बीचको सहकार्यबाट सम्भव भएको भन्दै यस्तो अभियान शुरु गरिएको हो । यसैबीच आज लालमटिया—३ आँपखोली टोल भालुवाङमा घरेलु हिंसा, महिला हिंसा, मावन बेचबिखन तथा लागु औषध प्रयोग तथा ओसार प्रसार रोकथाम एवम् नियन्त्रण सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

सेवा केन्द्रका सचिव उमेश अधिकारीको अध्यक्षता एवम् स्थानिय समाजसेवी तथा गेमबहादुर खड्काको प्रमुख आतिथ्यमा उक्त सचेतना कार्यक्रम सम्पन्न भएको हो । सचेतना कार्यक्रममा प्रहरी सहायक निरिक्षक नबिन भट्टराईलेसमाजमा हुने सवै खाले अपराधिक घटना तथा घरेलु हिंसा न्युनीकरण गर्न प्रहरी र नागरिक बिच सहकार्य हुनु पर्ने बताउनु भयो ।

उहाँले समुदायमा आवश्यक शान्ति सुरक्षा कायम गर्न र अपराधिक घटना हुन नदिन प्रहरी र नागरिक बीच साथीत्वको नाता हुनु पर्ने बताउनु भयो । त्यस्तै कार्यक्रममा सामुदायिक प्रहरी अमृत कठायतले घरेलु हिंसा, महिला हिंसा, मावन बेचबिखन तथा लागु औषध प्रयोग तथा ओसार प्रसार रोकथाम लगायतका बिषयमा प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा आँपखोली टोल भालुवाङका १ सय ५० बढीको सहभागिता रहेको थियो ।।