Indrenionline.com

ठगी वढेपछि मलेसियाका लागी राहदानी पठाउन रोक

३० भदौ, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा रोजगारीका लागि जाने कामदारसँग विभिन्न नाममा बढी रकम उठाउने कार्य भइरहेको भन्दै सो कार्य नरोकिएसम्म कामदारको प्रवेशाज्ञाका लागि राहदानी पठाउन रोक लगाएको छ । passport_nepalवान स्टेप सेन्टर (ओएससी) नामक संस्था खडा गरी कामदारको राहदानी लिएर प्रवेशाज्ञा प्रक्रिया अगाडि बढाएरबापत आजबाट थप दुई हजार ८ सय रुपैयाँ अतिरिक्त शुल्क कामदारबाट उठाउन थालिएकाले त्यो नरोकिएसम्म कामदारको राहदानी सो संस्थामा नपठाउन व्यवसायीलाई आग्रह गरिएको सङ्घले जनाएको छ ।

संका महासचिव रोहन गुरुङले यसअघि मलेसियाको प्रवेशाज्ञाका लागि ७०० रूपैयाँ मात्रै तिर्नुपर्नेमा दुई वर्षअघि भिएलएन नेपाल नामक कम्पनीले प्रवेशाज्ञाका लागि राहदानी र कागजपत्र सङ्कलन गर्ने भन्दै तीन हजार २ सय रूपैयाँ थप लिएर नेपालीबाट तीन हजार ९ सय असुलिरहेको थियो ।

सो रकममा समेत वृद्धि गरी आजबाट ओएससीको नाममा कामदारबाट थप दुई हजार ८ सय उठाउन थालिएकाले सो संस्थामा कामदारको राहदानी नपठाउने निर्णय गरिएको सङ्घका महासचिव गुरुङले बताउनुभयो । महासचिव गुरुङले बायोमेट्रिक, माइग्राम, भिएलएन, ओएससीलगायतका नाममा कामदारमाथि वार्षिक करिब एक अर्ब ३९ करोड रुपैयाँ थप आर्थिक व्ययभार पारिएको जनाउँदै तत्काल ती संस्था बन्द गर्नुपर्ने सङ्घको माग रहेको बताउनुभयो ।।