इन्द्रेणी संवाददाता
बुटवल, ३० भदौ। बुटवल–बेलहिया सडकखण्डमा १२ ओटा आकाशे पुल बन्ने भएका छन् । व्यापारिक मार्ग विस्तार परियोजना बुटवल–बेलहियाले बुटवलमा सात, तिलोत्तमामा दुई र भैरहवामा तीन ओटा गरी १२ ओटा आकाशे पुल (ओभरहेड ब्रिज) निर्माणको काम अगाडी बढाइएको हो ।
बुटवलको गोलपार्क, ट्राफिकचोक, हस्पिटल लाइन, मिलनचोक, राजमार्ग चौराहा, कालिकानगर (कालिका उमावि अगाडि) र योगी कुटीमा आकाशेपुल बन्नेछन् । त्यस्तै, तिलोत्तमाको जानकी नगर, ड्राइभरटोल तथा भैरहवाको बुद्धचोक, देवकोटा चोक र आँखा हस्पिटल अगाडि आकाशे पुल निर्माण हुने योजनामा छ ।
