दाङ, ३० भदौ । संघीय गठबन्धनमा आवद्ध दाङमा क्रियाशिल विभिन्न पार्टीहरुले नेपालमा नयाँ संविधान जारी भएको दिन असोज ३ गतेलाइ कालो दिनको रुपमा मनाउने वताएका छन । गत असोज ३ गते जारी गरिएको संविधानले आदिवासी जनजाति, मधेशी, मुस्लिम लगाएत जातजाति र अधिकारवाट वन्चित भएका समुदायका लागी अधिकारको प्रत्याभुति गराउन नसकेको निश्कर्ष निकाल्दै उक्त दिन विभिन्न विरोधका कार्यक्रम गर्ने निर्णय गरेका छन । 
संघीय गठबन्धनका तेज बहादुर चौधरीको अध्यक्षतामा बसेको बैठकमा आगामी असोज ३ गतेका दिन दाङका विभिन्न स्थानमा कालोझण्डा प्रदर्शन गर्ने र घोराहीमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । संघीय गठवन्धनमा सामाजिक लोकतान्त्रिक पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल लगाएत दल सहभागी छन । बैठकमा सामाजिक लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य तिल वहादुर पुन, संघीय समाजवादी फोरमका अशोक कुमार यादव, लगाएत जिल्ला स्तरका नेताहरुको सहभागिता रहेको थियो ।।