प्रकाश पुन
दाङ, ३० भदौ । मिडिया नेपाल दाङ शाखाको तदर्थ समिति गठन गरिएको छ । लक्ष्मणसागर शाहको अध्यक्षता तथा मिडिया नेपालका केन्द्रिय सचिव एक टेकराज शाहीको प्रमुख आतिथ्यतामा तुलसीपुरमा भेला गरी पछि १ जना थप गर्नेगरी ११ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । 
सो अवसरमा नेपाल पत्रकार महासंघ दाङका शाखा सचिव गजेन्द्र वोहोरा, पत्रकारहरु खेमराज रिजाल, सपना वोहोरा, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रिय सदस्य उमाकान्त भण्डारी र ढुण्डिराज कँडेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।।