इन्द्रेणी संवाददाता
घोराही, ३० भदौ । नेकपा एमालेका केन्द्रीय उपमहासचिव विष्णु पौडेलले संविधान कार्यान्वयनमा एमालेले रचनात्मक र सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । प्रेस चौतारी दाङले आज दाङको घोराहीमा गरेको पत्रकार भेटघाटमा यस्तो बताएका हुन् ।
एमालेमा देखिएको विवादको विषयमा सञ्चारकर्मीहरुले उठाएको जिज्ञासामा पौडेलले एमाले भित्र कुनै विवाद नभएको स्पष्ट पारे । पार्टीभित्र अन्र्तसंघर्ष निरन्तर चलिरहने प्रक्रिया भएको उल्लेख गर्दै दाङ जिल्ला कमिटीमा पनि त्यसैको निरन्तरता भएको उनले दावी गरे ।
दाङ प्रदेश नम्बर ५ को राजधानी हुने सम्भाावनालाई कसरी हेर्नुभएको छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उपमहासिचव पौडेलले प्रादेशीक राजधानीको विषयलाई उचालेर साम्प्रदायिकतामाथि खलबल मच्चाउने अधिकार कसैलाई पनि नभएको बताए ।